गोदावरीका विद्यालयमा आइतबार देखि बन्द गरिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आइतबार देखि विद्यालय बन्द गर्ने भएको छ । अत्याधिक गर्मी बढेपछि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो ।

maya metro hospital

नगरपालिकाले सबै विद्यालयलाई पत्राचार गर्दै आइतबार जेठ २० गते देखि २५ गते सम्म विद्यालय बन्द गर्न भनेको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले अत्याधिक गर्मीमा कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै वर्षे विदाबाट मिलान हुने गरी विदा दिएको बताए ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.