खाेज्नुहाेस

अत्तरियामा अन्तरमाध्यमिक गणित प्रतिष्पर्धा आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा प्रदेशस्तरिय अन्तरमाध्यमिक गणित प्रतिष्पर्धा आयोजना गरिएको छ । धनगढीको ऐश्वर्या विद्या निकेतन र नेपाल गणित समाज सुदुरपश्चिम प्रदेश समितिको संयुक्त आयोजनामा अत्तरियामा गणित प्रतिष्पर्धा आयोजना गरिएको हो ।

navjiwan hospital

माध्यमिक तहका विद्यार्थीहरुमा गणितप्रति रुची जगाउन उक्त प्रतिष्पर्धा गरिएको नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश कमिटिका सचिव नारायण दत्त भट्टले जानकारी दिए । उनले गणितमा विद्यार्थीहरुलाई प्रतिष्पर्धी बनाउन पनि यसले मद्दत गर्ने बताए ।

attariya hospital

उनका अनुसार प्रदेशका ५ वटा केन्द्रहरुमा पहिलो चरणको प्रतिष्पर्धा आयोजना गरिएको थियो । अत्तरियामा आयोजना गरिएको प्रतिष्पर्धामा ६ वटा समुहहरुको सहभागिता रहेको उनले बताए । उक्त प्रतिष्पर्धामा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका ३ तथा लोटस आई, सुदूरपश्चिम मावि र एभरेष्ट एकेडेमीका १/१ वटा समुह रहेका थिए । जसमा दुर्गालक्ष्मी नमुना माविका ३ ओटै समुहहरुले प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएको सचिव भट्टले बताए । उनले पहिलो चरणको प्रतिष्पर्धामा प्रथम भएको समुहले दोस्रो चरणको प्रतिष्पर्धाका लागि आफ्नो स्थान बनाएको बताए ।

उनका अनुसार प्रतिष्पर्धामा ३ वटा चरणहरु हुनेछन । जसमा प्रथम, द्धितिय र तृतिय स्थान हालिस गर्ने समुहहरुलाई क्रमशः १५ हजार, १२ हजार र ९ हजार सहित प्रमाणपत्रहरु प्रदान गरिनेछन । अत्तरियामा भट्टको नेतृत्वमा भएको प्रतिष्पर्धामा ऐश्वर्या विद्या निकेतनका गणित शिक्षक उत्तम भट्टले सहयोग गरेका थिए । प्रतिष्पर्धालाई एभरेष्ट एकेडेमीले व्यवस्थापकीय सहयोग गरेको थियो ।