अत्तरिया – नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिमको संयोजकमा पुष्पराज जोशी चयन भएका छन । शनिबार सम्पन्न प्रदेशभरका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको प्रादेशिक भेलाले जोशीको संयोजकत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
जोशी अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष हुन । समितिको सदस्यहरुमा जगन्नाथ प्रसाद रिमाल, हिरा सिँह धामी, केशव सिँह, टेकराज पाण्डेय, ईश्वरी प्रसाद जोशी, टंक प्रसाद जोशी, कालिमाया भट्टराई, धर्म सिँह कुँवर र टेक बहादुर हमाल रहेका छन ।
भेलाले डा. टिन एन जोशीको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा रामचन्द्र नेपाल, ताराप्रसाद जोशी, धनसरी कोइराला, हेमेन्द्र भारद्धाज, टी.आर.पाठक, सिद्धराज पन्त र राजबहादुर कडायत रहेका छन ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
भेलामा सुदूरपश्चिम भित्र रहेका विभिन्न सामुदायिक एवम् सार्वजनिक पुस्तकालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।