अत्तरिया – विद्यालयमा किशोरीहरू बेहोस हुन थालेपछि कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको सरस्वती माविमा मनोसामाजिक परामर्श गरिएको छ । शुक्रवार युनिसेफको आर्थिक सहयोगमा निड्स नेपालले र टिपियो नेपालको सँगको समन्वयमा मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, किशोरी, रुपान्तरण कक्षामा सहभागी किशोरी तथा अभिभावकहरूको सहभागिता रहेको निड्सकी सामाजिक परिचालक लक्ष्मी लुहारले बताइन् ।