अत्तरिया – कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले शिक्षकहरुका लागि तालिमको आयोजना गरेको छ । विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि विद्यालयले १५ दिने तालिमको आयोजना गरेको हो ।
तालिम मार्फत शिक्षकहरुलाई उच्च गुणस्तरको शिक्षा प्रणालीको बारेमा जानकारी दिने लक्ष्य रहेको विद्यालयका सञ्चालक मदन जोशीले जानकारी दिए । उनले शैक्षिक गुणस्तर दिन सक्ने खालको विश्वव्यापी शिक्षा प्रणालीका बारेमा तालिममार्फत शिक्षकहरुले जानकारी पाउने बताए । उनले तालिमले शिक्षकहरुलाई शिक्षाको गुणस्तरमा वृद्धि गर्न र विद्यार्थीहरुलाई माग अनुसारको गुणस्तरिय शिक्षा प्रदान गर्न सघाउ पु¥याउने बताए ।
उनले तालिमपश्चात शिक्षकहरुले शिक्षा प्रणालीको बारेमा जानकारी पाउनुका साथै विद्यार्थीहरुलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।
शिक्षकहरुलाई भारतकी ट्रेनर डाक्टर भावना कुलश्रेष्ठ र रसियाका मिस्टर जो ले तालिम दिईरहेका छन । तालिम १५ दिनसम्म सञ्चालन हुनेछ ।