सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

धनगढी – सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा.हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

maya metro hospital

यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो । बिश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्यांकनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिसमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.