गोदावरीमा नगर शिक्षकको रुपमा अनुदान प्राप्त शिक्षकको आन्तरिक परीक्षा गरिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगर शिक्षकको रुपमा अनुदान प्राप्त शिक्षकहरुको आन्तरिक परीक्षा गर्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगर शिक्षकको रुपमा अनुदान प्राप्त शिक्षकहरुबाट निवेदन माग गरेको हो ।

maya metro hospital

नि. प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्धारा जारी सूचनामा शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को दफा ८ (क) बमोजिम परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

नगर शिक्षकको रुपमा अनुदान प्राप्त शिक्षकहरुले यसअघि नै आफूहरुलाई नगर शिक्षक घोषणा गरिसकिएकाले नियुक्ती पत्र उपलब्ध गराउन माग गर्दै आएका थिए । ति शिक्षकहरुलाई यसअघि नगर शिक्षकको रुपमा मासिक तलब दिइदैं आएको थियो । तर, हाल नगरपालिकाले भने यसअघि प्रक्रिया नपु¥याएको भन्दै प्रक्रिया पु¥याउनकै लागि परीक्षा सञ्चालन गर्न लागेको बताउँदै आएको छ ।

attariya hospital

जसका लागि नगरपालिकाले बैशाख १९ गते भित्र शिक्षकहरुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.