खाेज्नुहाेस

एमबीबीएस शुल्क ३५ लाखभन्दा बढी तोक्न नपाइने

Image

काठमाडौँ- चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस गरेको छ । ६ वर्षपछि हिजो सार्वजनिक भएको आयोगको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्न सिफारिस गरेको हो ।

navjiwan hospital

प्रतिवेदनमा ३५ लाख रुपैयाँबाहेक अरु शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला लगायतमा लिन नपाइने उल्लेख छ । यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको शुल्क अधिकतम १८ लाख रुपैयाँभन्दा बढी लिन नपाइने प्रतिवेदनमा उल्लेख छ ।

attariya hospital

मेडिकल कलेजहरूले भर्ना सूचनामै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिटसङ्ख्या अनिवार्य खुलाउनुपर्ने आयोगको सिफारिस छ ।