मालिका माविको अध्यक्षमा दियाकोटी विजयी

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – २ मा रहेको मालिका माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तेज बहादुर दियाकोटी (टेक) विजयी भएका छन । बुधबार भएको निर्वाचनमा केदार प्रशाद ओझालाई ७ मतान्तरले पराजित गर्दै दियाकोटी प्यानल सहित विजयी भएका हुन ।

Karma Consultancy
belauri nagarpalika

दियाकोटीले ३२३ मत पाउँदा ओझाले ३१६ मत पाएका थिए । निर्वाचनबाट सदस्यहरुमा दियाकोटी प्यालनका चन्द्र प्रसाद कडेँल, ललिता देबि चौधरी र नरु देबि टमटा विजयी भएका छन ।

citizen security services

यसैबिच नवनिर्वाचित विद्यालय व्यवस्थापन समिती अध्यक्ष दियाकोटिले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढनुपर्ने बताएका छन । उनले विद्यालयलाई सबै हिसाबले नमूना बनाउन सामुहिक रूपमा छलफल गरेर अघि बढने बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.