दार्चुला- दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको मृत्यु भएको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
उनको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तितरालाई गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारबाट करेन्ट लागेको थियो ।