दार्चुलामा चरेश ट्र्याक्टरमा लैजाने र पठाउने पक्राउ, एक कृष्णपुरका

अत्तरिया- दार्चुलामा लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ ट्र्याक्टरमा लैजाने र पठाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बस्ने २७ वर्षीय हर्कलाल राना र ब्याँस गाउँपालिका-४ सुनसेरा बस्ने अन्दाजी ५५ वर्षका जयलाल कुँवर रहेका छन् ।

maya metro hospital

सुपप्र ०२-००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थसहित चालक रानालाई दार्चुलाको महाकाली नगरपालिका-१ श्रीबगर स्थित दार्चुला तिंकर सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

lotus school

जिल्ला प्रहरी कार्यालय दार्चुलाले २ किलो ७०० ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित उनलाई सोमबार साँझ पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

उक्त सामान पठाउने ब्याँसका कुँवर रहेको खुल्न आएपछि उनलाई पनि प्रक्राउ गरिएको थियो । ट्याक्टरसहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.