दार्चुलामा एक गर्भवतीको हेलिकोप्टमार्फत उद्धार

अत्तरिया- दार्चुलामा एक गर्भवतीको हेलिकोप्टमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीलाई आइतवार बिहान नेपाली सेनाको हेलिकोप्टमार्फत सुर्खेत पठाइएको हो ।

maya metro hospital

प्रसूति व्यथा लागेकी उनलाई रक्तस्राव भएपछि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । राति १२ बजे लाली स्वास्थ्य चौकी पुर्याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ)को समस्या देखिएपछि सुर्खेत लगिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.