बैतडीमा एकै घरका दुई बालक बेपत्ता

बैतडी- बैतडीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको सिगास गाउँपालिका-४ बाँइभितर बस्ने भीम धामीका १० वर्षीय छोरा गणेश र १४ वर्षीय छोरा हरिश बेपत्ता भएका हुन् ।

maya metro hospital

प्रयोगात्मक परीक्षा दिन भनी विद्यालय हिँडेका दुबै दाजुभाइ उतैबाट बेपत्ता भएका आफन्त योगेन्द्र धामीले बताए । यही चैत १२ गते राति बैतडीको ज्यापुस्थित एक होटेलमा बसेका उनीहरु १३ गते बिहानदेखि बेपत्ता भएका बताइएको छ ।

योगेन्द्रका अनुसार उनीहरुले सिगास मावि कोटिली बैतडी लेखेको ट्रयाक सुट लगाएका छन् । उनीहरुलाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९८६४३०४५९० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.