सुदूरपश्चिमका ५५ हजार बढी विद्यार्थीले एसईई दिँदै

कैलाली- सुदूरपश्चिमका ५५ हजार बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । प्रदेशका ९ ओटै जिल्लाका ५५ हजार १० विद्यार्थीले एसईई दिने भएका हुन् ।

maya metro hospital

नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । साधारण (नियमिततर्फ) छात्र २५ हजार ८८, छात्रा २५ हजार सात सय २६ गरेर ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ छात्र एक हजार १७, छात्रा एक हजार तीन सय २६ गरेर दुई हजार तीन सय ४३, प्राविधिक धारतर्फ नियमिततर्फ छात्र एक हजार एक सय ३९, छात्रा सात सय चार गरेर एक हजार ८ सय ३३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

विहिबारदेखि सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ । प्रदेशका नौवटै जिल्लामा २११ परीक्षा केन्द्र छन् । ती परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, प्रहरी, विद्यार्थी सहयोग गरेर ८ हजार एक सय ४३ कर्मचारी खटिने जनाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.