कृष्णपुरका २ हजार ५ सय ५० बालबालिकालाई स्टेशनरी तथा ट्रयाकसुट वितरण गरिदै

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ हजार बढी बालबालिकाहरुलाई स्टेशनरी र ट्रयाकसुट वितरण गरिने भएको छ । नगरभित्रका अति जोखिममा रहेका २ हजार ५५० बालबालिकाहरुलाई उक्त सामग्रीहरु वितरण गरिने भएको हो । उक्त कार्यको मंगलबार एक औपचारीक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सुभारम्भ गरेका छन । नगरप्रमुख ओझाले नगरको वडा नं. ४ स्थित मालुबेलाका ८२ जना बालबालिकालाई उक्त सामग्रीहरु वितरण गरेका छन ।

maya metro hospital

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र वल्र्ड भिजन ईन्टरनेसनलको संयुक्त साँझेदारीमा नगरपालिकाका ५ वटा वडाहरुमा संचालित बाल संक्षरण, स्पोन्सरसीप तथा समावेशी गुणस्तरिय शिक्षा परियोजना मार्फत बालबालिकाहरुलाई उक्त सामग्रीहरु वितरण गर्न लागिएको हो ।

जोखिममा रहेका बालबालिकाहरुलाई गरिने प्रत्यक्ष सहयोग अन्र्तगत बालबालिकाहरुलाई प्रति बालबालिका १ थान ट्रयाकसुट, ९ वटा कपि, ५ वटा डटपेन, ५ वटा पेन्सिल, ५ वटा ईरेजर र सापर्नर ५ वटा वितरण गरिएको थियो ।

attariya hospital

परियोजना अन्तरगत नगरका वडा नं. १, २, ४, ७ र ९ का २ हजार ५ सय ५० बालबालिकाहरुलाई उक्त सामग्रीहरु वितरण गरिने परियोजना संयोजक रामेश्वर जैरुले बताएका छन । जसको सुरुवात वडा नं. ४ बाट गरिएको उनले बताए । जैरुका अनुसार प्रति बालकका लागि रु.९३९.६० पैसा बराबरको सामग्री वितरण गरिएको छ । जसको एकमुस्ट लागत २३ लाख ९५ हजार ९८० रुपैया रहेको उनले बताए ।

एनएनएसडब्ल्यूए का कार्यकारी निर्देशक अशोक विक्रम जैरुको सभापतित्वमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ओझा रहेका थिए भने विशिष्ठ अतिथिमा वल्र्डभिजन पश्चिम कार्यालय धनगढीका कार्यक्रम प्रमुख केशवराज भट्ट रहेका थिए । कार्यक्रममा पत्रकार महासंघ, सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, निवर्तमान अध्यक्ष अर्जुन शाह, संघकै सु.प. सचिव हरि जोशी र वल्र्डभिजनका कंचपुर फोकल पर्शन सुरज शर्माको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले जोखिममा परेका सिमान्तकृत बालबालिकालाई वितरण भएको कपडा र स्टेशनरीले नानीबाबुहरुको मुहारमा खुशी ल्याएको बताए । उनले खुशी रहेका बालबालिका नै भविष्यमा सुखी हुने, अनि उनिहरुले नै परिवार, समाज र राष्ट्रलाई योगदान दिने भएकाले बालबालिकाको समृद्धि, खुशी, सक्षमता अभिवृद्धि हुने यस प्रकारको काम निकै सह्रानियपूर्ण रहेको बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष अशोक विक्रम जैरुले एनएनएसडब्ल्यूए कंचनपुरले सदैव गरिव, दलित र सिमान्तकृत र जोखिममा रहेका बालबालिकाकाहरुको पक्षमा काम गर्दै आइरहेको बताए । उनले भविष्यमा पनि निरन्तर रुपमा जोखिममा रहेका बालबालिकाको समृद्धि, हित र अधिकार स्थापनाका लागि काम गर्ने समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै वल्र्डभिजनका कार्यक्रम प्रमुख केशव राज भट्टले बाल समृद्धि, संरक्षण र आधारभुत शिक्षामा उनिहरुको समतामुलक पहुच अभिवृद्धि गर्न वल्र्डभिजन सदैव अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.