दार्चुलामा भागेका थुनुवालाई पक्रन खोज्दा लडेर प्रहरी जवानको मृत्यु

दार्चुला- दार्चुलामा भागेका थुनुवालाई पक्रन खोज्दा लडेर प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सोहन चौधरी रहेका छन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार थुनुवा भाग्ने क्रममा पक्रन खोज्दा भिरबाट लडेर गम्भीर घाइते भएका प्रहरी जवान चौधरीको केही समयपछि मृत्यु भएको हो ।

सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिको भागबाट हाम फालेर महाकालीमा पौडी खेलेर ती थुनुवा भारततिर पुगेका थिए । त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर)ले उनलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको थियो ।

attariya hospital

थुनाबाट भाग्नेमा महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर रहेको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.