नेपाल विद्यालय कर्मचारी परिषद् सुदूरपश्चिमको दोस्रो भेला सम्पन्न

अत्तरिया – नेपाल विद्यालय कर्मचारी परिषद् सुदूरपश्चिमको दोस्रो भेला सम्पन्न सम्पन्न भएको छ । सोमबार कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि भेला सम्पन्न भएको हो ।

Karma Consultancy
belauri nagarpalika

परिषद्का सुदूरपश्चिम अध्यक्ष हरिलाल ओझाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि परिषद्कै राष्ट्रिय अध्यक्ष गंगाराम तिवारी रहेका थिए । ‘सम्पुर्ण विद्यालय कर्मचारीहरु एक हौ, संघिय सरकारको दायित्व, आम विद्यालय कर्मचारीहरुको पेशागत स्थायित्व’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा परिषद्का प्रदेशभरीका समस्यहरुको सहभागीता रहेको थियो ।

citizen security services

परिषद्का सुदूरपश्चिम अध्यक्ष ओझाले विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहितका लागि खोलिएको परिषद्को दोस्रो भेला आयोजना गरिएको बताए । उनले वार्षिक रुपमा परिषद्ले गरेका कार्यहरु, प्रगती विवरण र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुका बारेमा भेलामा छलफल भएको बताए । कार्यक्रमको सञ्चालन परिषद्का प्रदेश सचिव नर बहादुर कार्किले गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.