अत्तरियामा रहेको जनकल्याण स्कुलको रजत जयन्ती भोलि हुने

 

अत्तरिया – कैलालीको अत्तरियामा रहेको जनकल्याण अंग्रेजी माध्यमिक विद्यालयको वार्षिकोत्सव भोलि हुने भएको छ । विद्यालयले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि विद्यालयको वार्षिकउत्सवको बारेमा जानकारी दिएको हो । विद्यालयले यस वर्ष वार्षिकउत्सवलाई रजत जयन्ती समारोहका रुपमा मनाउने भएको छ ।

maya metro hospital

पत्रकार सम्मेलनमा जानकारी दिदै विद्यालयका संस्थापक यज्ञ राज हमाल (योगेन्द्र) ले विद्यालय स्थापनाको २६ वर्ष पुरा भैसकेकाले रजत महोत्सव मनाउन थालिएको बताए । उनले २५ वर्षमा रजत जयन्ती मनाउनुपर्ने भएपनि कोरोना कालमा एक वर्ष वार्षिक उत्सव मनाउन नपाईएका कारण यस वर्ष रजत महोत्सव मनाउन थालिएको बताए । ‘विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गर्दै २६ वसन्त पार गरिसकेको अवस्था छ’ उनले भने ‘२६ बसन्त पार गरिसकेपनि हाल आएर विद्यालयले रजत जयन्ती समारोह आयोजना गर्न लागिरहेका छौ ।’ उनले रजत जयन्ती समारोहमा विद्यालयका रहेक क्रियाकलापहरु समेटेर पहिलो पटक जनकल्याण म्यागजिन (स्मारिका) विमोचन गर्न लागिएको समेत बताए । उनले विद्यालयका सम्पुर्ण गतिविधिहरुका बारेमा सहजै जानकारी पाउन भन्नका लागि उक्त स्मारिका प्रकाशित गरिएको बताए । उनले उत्सवका अवसरमा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै कक्षा नर्सरी देखी पढेर विद्यालयबाटै एसएलसि दिएका विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मानित गरिने कार्यक्रम रहेको बताए । उनले उक्त कार्यक्रम हालसम्म अत्तरिया क्षेत्रका कुनै पनि विद्यालयहरुमा नभएको समेत बताए ।

citizen security services

२०५४ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ५ सयको हाराहारीमा विद्यार्थीहरु रहेका छन । विद्यालयमा २४ जना शिक्षक शिक्षिकाहरु रहेका छन । तत्कालिन समयमा ३२ जना विद्यार्थीहरुबाट स्थापना गरिएको विद्यालयले हाल गोदावरी नगरपालिका – ४ बास्कोटामा समेत न्यू जनकल्याण एकेडेमी नामक विद्यालय सञ्चालनमा ल्याएको छ । त्यहाँका ८ जना विद्यार्थीहरुलाई समेटेर सोही क्षेत्रमा विद्यालयको शाखा स्थापना गरिएको संस्थापक हमालले बताए । उक्त शाखामा हाल २५० जना विद्यार्थीहरु अध्ययनरत रहेको र १४ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराईरहेको उनको भनाई छ । हमालले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरु भए ३/४ वर्षसम्मका लागि निशुल्क पढाउने समेत बताए । पत्रकारहरुलाई इंगित गर्दै उनले भने ‘तपाईहरुले सिफारिस गरेर दिनुभयो भने अति गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई ३÷४ वर्षसम्मका लागि परिक्षा फि समेत नलिने गरी म पढाउने छु ।’ उनले त्यसमा आवश्यक पर्ने ड्रेस र शैक्षिक सामग्री भने विद्यार्थीले स्वयम् बेहोर्नुपर्ने बताए । यदी विद्यार्थीले बेहोर्न सक्ने अवस्था नरहेको खण्डमा त्यसको जोहोका लागि पनि आफुले पहल थाल्ने उनले बताए । उनले रजत जयन्तीको अवसर पारेर समाजमा विभिन्न विद्यामा काम गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए । विद्यालयमा हाल मावि तहसम्मको अध्यापन हुदै आएको छ ।

attariya hospital

अन्तरराष्ट्रिय स्तरको नृत्यमा द्धितिय हुन सफल 

यसैबिच विद्यालयले अन्तरराष्ट्रिय स्तरमा भएको नृत्य प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल भएको छ । विद्यालयका संस्थापक हमालका अनुसार विद्यालयले २०८० सालमा भारतको लखनउमा आयोजित अन्तरराष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा जनकल्याण अंग्रेजी माध्यमिक विद्यालय दोस्रो हुन सफल भएको हो ।

लखनउमा रहेको सिटी मन्टेश्वरी स्कुलले आयोजना गरेको उक्त प्रतियोगीतामा नेपाल सहित ७ वटा देशहरुको सहभागीता रहेको उनले बताए । उक्त प्रतियोगिताका विभिन्न विद्यामध्ये जियोफिस्ट ट्रेडिसनल फ्लक डान्समा जनकल्याणले द्धितिय स्थान हासिल गरेर पुरस्कृत भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.