अत्तरिया – कास्कीको बिहाडी गाउँपालिका – ४ की आशा गुरुङले जन्मदिनको अवसरमा चुरेका ५० विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गरेकी छिन ।
साईप्रसमा कार्यरत गुरुङले सामाजिक अभियान्ता लक्ष्मी बोगटी मार्फत चुरे गाँउपालिका –२ खैरालामा रहेको केदारेस्वर आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेकी हुन ।
अति विपन्न, जेहन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको सामाजिक अभियान्ता बोगटीले बताईन ।
विद्यालयमा गरेको सहयोग प्रति प्रधानाध्यापक वीर बहादुर तारामीले आभार व्यक्त गरेका छन।