दार्चुलामा भिरबाट लडेर एक जनाको मृृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । नौगाड गाउँपालिका–५ घट्टेखोला भिरबाट लडेरसोही वडाको घट्टेकसाड बस्ने ५३ बर्षिय दलबहादुर धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

maya metro hospital

शुक्रबार घरबाट नौगाड गाउँपालिकाको केन्द्र होपरिगाड गएका धामी राति अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा शनिबार बिहान उनको शव फेला पारेको दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनका अनुसार शुक्रबार नौगाड गाउँपालिकाको स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

attariya hospital

शवलाई पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ । घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.