दार्चुला- दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशी सम्मानित भएकी छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो ।


महाकाली नगरपालिकाले सुदूरपश्चिमकै पहिलो महिला उपसचिव तथा पहिलो महिला सिडियो जोशीलाई जिल्ला अस्पताल दार्चुलामा आयोजित कार्यक्रममा सम्मानित गरेको छ ।

यस्तै, जिल्ला अस्पताल दार्चुलामा कार्यरत नर्स वविता विष्टलाई पनि सम्मान गरिएको छ । उनी केही दिनअघि मात्रै उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएकी थिइन् । अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई खादा ओडाएर सम्मान गरिएको र स्वास्थ्यकर्मी र विरामीहरुलाई फलफूल पनि वितरण गरिएको बताइएको छ ।
