दार्चुला – दार्चुलाको एक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको निवासमा आगजनी भएको छ । जिललाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीको निवासमा आगजनी र ढुंगामुडा गरिएको हो ।

२७ वर्षीय अधिकारीको निवासमा शुक्रबार बिहान करिब २ बजेतिर सुतेकै अवस्थामा अज्ञात व्यक्तिले आक्रमण प्रयास गरेको बताईएको छ । घट्नाले कसले ग¥यो भन्ने एकिन नखुलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले घट्नाबारे पूरा विवरण नआएको बताए । इलाका प्रहरी कार्यालय नजिकै रहेको अधिकारीको निवासमा आगजनी गरिएको थियो । प्रहरीले पुगेर निवासमा लगाएको आगो नियन्त्रणमा लिएको प्रहरी निरिक्षक भण्डारीले बताए । उनले अनुसन्धानको प्रकृया सुरु भैसकेको बताए ।
