अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो रजत महोत्सव एवम् अभिभावक दिवस मनाएको छ । बुधबार र बिहिबार गरी दुई दिन सम्म आयोजित भव्य कार्यक्रमका बिच विद्यालयले आफ्नो रजत महोत्सव मनाएको हो ।



विद्यालयका सञ्चालक गिरीराज कडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न तह र तप्कामा रहेका शिक्षाप्रेमीहरुको सहभागीता रहेको थियो । विद्यालय सञ्चालनको २५ वर्ष पुरा भएको अवसरमा यस वर्ष विद्यालयमा रजत महोत्सव आयोजना गरिएको थियो । बुधबारबाट सञ्चालन भएको महोत्सव दुई दिन सम्म चलेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्यापन गरी हाल विभिन्न क्षेत्रमा कार्यरत डाक्टर, ईन्जिनियरहरुलाई सम्मानित गरिएको थियो । त्यसका साथै विद्यालयमा लामो समयसम्म निस्वार्थ रुपमा सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारीहरुलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो । बुधबार आयोजित कार्यक्रममा आधारभुत तहसम्मका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए भने बिहिबार आयोजित कार्यक्रममा मावि तहसम्मका विद्यार्थीहरुले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।
कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम संगै विद्यालयको मुखपत्र ‘कमलपुञ्ज स्मारीका’ विमोचन गरिएको थियो । उक्त स्मारीका कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्टले विमोचन गरेका थिए । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो । २०५५ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षासम्म अध्यापन हुदै आएको छ ।