समैजी माविमा वार्षिकोत्सवको अवसरमा रक्तदान गरिने

maya metro hospital
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा फागुन २७ गते स्याउले बजार व्यवस्थापन समिति सँगको समन्वयमा विद्यालय परिसरमा रक्तदानको आयोजना गर्न लागेको हो ।
lotus school
attariya hospital
विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रक्तदान जीवनदान भन्ने उद्देश्यले रक्तदान गरी रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिने बताइन् । रगत नै नपाएर ज्यान गुमाउने अवस्था न्यूनीकरणका लागि वार्षिकोत्सवको आयोजनामा रक्तदान गर्न लागिएको उनले बताइन् ।
विद्यालयले रक्तदान कार्यक्रमले आयोजना गर्दा समाजमा नयाँ सन्देश पनि प्रवाह हुने उनले बताइन् । स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले रक्तदान कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.