४ दशक एउटै विद्यालयमा अध्यापन गराएका ‘भट्ट सर’ को बिदाइ

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – १० को भगवानपुर माध्यमिक विद्यालयका शिक्षक मनिराम भट्ट अर्थात ‘भट्ट सर’ को विदाइ भएको छ । ४० वर्ष एउटै विद्यालयमा प्रावि तह तेस्रो र दोस्रो तहमा अध्यापन गरेर उनी विदाइ भएका हुन् ।

maya metro hospital

उनलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी शुक्रबार विदाइ गरेको छ । १६ माघमा विद्यालयबाट अवकाश पाएका ‘भट्ट सर’ लाई शिक्षक विद्यार्थीहरुले भावविह्वल हुँदै बिदाइ गरे । सेवा निवृत्त पछिको जिवन सफल र सुखदको कामना गर्दै एक उत्कृष्ट शिक्षकको विदाई गर्दा बिद्यार्थी शिक्षक भावविह्वल बनेका थिए ।

‘भट्ट सर’ बैतडीको बाराकोट घर भएका २०३९ फागुन १६ देखि भगवानपुर माविमा शिक्षण पेशा आबद्ध भएका थिए

attariya hospital

हाल प्रावि तह तेस्रो त्यतिबेलाको चतुर्थ देखि शिक्षण पेशा शुरु गरेका थिए भट्ट सरले । २०३० सालमा स्थापना भएको बिद्यालयमा ‘भट्ट सर’ ले अध्यापन शुरु गर्दा ३ जना शिक्षक ÷१ परिचर सङ्ग २०० विद्यार्थी ले ४ कक्षा सम्म पढाइ गरिन्थ्यो ।
‘भट्ट सर’ २०४१ माघमा प्रावि तेस्रोमा स्थायी भएका थिए । त्यसपछि ०६० मा पद बढुवा भइ प्रावी दित्तिय रहेका भट्ट सरको त्यसपछि २० वर्षसम्म पद बढुवा भएन । प्रा वि दित्तियमै ०८० माघ १६ मा अवधी सकियो ।

३८ वर्ष ११ महिना २१ दिन स्थायी पद सहित ४० वर्ष ११ महिना शिक्षण पेशापछि सेवानिविर्त्त भएका भट्ट सरलाई बिद्यालयले सम्मान गर्दै बिदाइ गरेको छ । ‘भट्ट सर’ निमावि तहमा अङ्ग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य, नैतिक शिक्षा अध्यापन गराउने शिक्षक हुन । बिद्यालयका ‘अलराउण्डर’ शिक्षक थिए उनी ।

सरल स्वभावका इमानदार, लगनशील र कर्तव्यनिष्ठ शिक्षक भट्ट सरले उर्जावान समय शिक्षा दिनमा खर्चिएका सरको बिदाइ गर्दा बिद्यालय परिवारको लागि दुखको दिन भएको विद्यालयका प्रधानाध्यापक हर्क विष्टले बताए ।

बिद्यालयले भट्ट सरले बिद्यालयप्रती गरेको योगदान सम्झिरहने बताउदै प्रअ विष्टले सेवा निवृत्त जीवन सुखमयको कामना गरेका छन ।

स्वास्थ्यमा समस्या भएकोले भट्ट सर भने बिदाइ कार्यक्रममा धेरै बोलेनन् । ४ दशक काम गरेको काम गरेको थलोलाइ सदाका लागि छोड्दा दुख लागेपछि आफ्नो अवधी सुख दुख सरलताका साथ पूरा गर्दा खुशी रहेको सेवा निवृत्त शिक्षक मनिराम भट्टले बताए ।

विद्यालयमा अध्यापन गराउदा अभिभावक, शिक्षक सहकर्मी र विद्यार्थीबाट अपार माया पाएको शिक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.