कञ्चनपुर – हिन्दुस्वयम सेवक संघ कञ्चनपुरले महेन्द्रनगरमा ‘स्वामि विवेकानन्द सस्कृति ज्ञान परीक्षा २०८०’ आयोजना गरेको छ ।

हिन्दु स्वयमसेवक संघ कञ्चनपुरले सस्कृतीको विषयमा करिब १५ सय विद्यार्थीहरु बीच परिक्षा गरेको थियो । सहभागी विद्यार्थी मध्ये ६२ विद्यार्थीले सत प्रतिशत अंक ल्याएको आयोजकले जनाएको छ । आयोजकका अनुसार ६२ विद्यार्थी मध्ये गोलाप्रथाबाट बिजेताको टुङ्गो लगाइएको थियो ।

गोलापर्थाबाट सस्कृति ज्ञान परिक्षामा घटाल मावि सुडाका छात्र समिर बोहरा प्रथम भएका छ्न। त्यस्तै ज्ञान बाटिका विद्यार्थी योगेश भट्ट द्वितिय र महेन्द्रनगर मावि सधारण स्कुलका रविन्द्र रावत तृतीय भएका छन ।

परिक्षामा प्रथम हुने विद्यार्थीलाई नगद २१ हजार, द्वितिय हुनेलाइ १५ हजार र तृतिय हुनेलाइ ११ हजार नगद पुस्कार वितरण गरिएको हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका नेता प्रदिप पालले बताए ।
नेता पालका अनुसार सतप्रतिशत अङ्क ल्याउने २२ जना विद्यार्थीलाई नगद १ हजार र ३७ विद्यार्थीलाई ५ सयका दरले सान्त्वना पुरस्कार वितरण गरिएको छ ।