दार्चुलाको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा आगलागी, ४ लाख बराबरको क्षति

दार्चुला – दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी हुँदा ४ लाखको क्षति भएको छ । जिल्लाको मार्मा गाउँपालिका–२ बस्ने प्रकाश महरको पोल्ट्री फर्ममा आगलागी हुँदा कुखुरा, विद्युत मिटर, दाना लगायतका सामान गरी ४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

maya metro hospital

उनले सञ्चालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट भएर शुक्रवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए ।

आगलागीबाट फर्ममा रहेका ८०० वटा कुखुराको चल्ला पनि जलेर नष्ट भएको बताईएको छ । स्थानिय र प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिईएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.