बैतडीको दशरथचन्दमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालन

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका १२ ओटा सामुदायिक विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

maya metro hospital

नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कर्मचारी नियुक्त गरिसकेको बताईएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन प्रसाद जोशीले विद्यालय नर्स कार्यक्रमका लागि पालिकाले ७ जना स्टाफ नर्स नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको बताए । उनले उक्त कार्यक्रम अन्र्तगत विद्यालयमा स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामुलक जानकारीहरु प्रदान गरिने बताए । यस्तै विद्यालयहरुमा आकस्मिक उपचारमा समेत नर्सहरु खटिने जोशीले बताए ।

कार्यक्रममार्फत सामुदायिक विद्यालयहरुमा परिवर्तन ल्याउन खोजिएको नगरप्रमुख पुस्करराज जोशीले बताए । उनले पालिकाले लिएको लक्ष्य प्राप्तिमा अग्रसर हुनुपर्ने बताए । उनले स्टाफ नर्सहरुलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.