धनगढी – नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु भएको छ । जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो ।

आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ७ बजे उम्मेदवारको नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विरोधको काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ ।

भोलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानको कार्यतालिका तय गरिएको छ । एमाले कैलालीको नेतृत्वको लागि दुर्गाप्रसाद डेजी पाण्डे र यज्ञराज ढुङ्गाना प्यानस सहित उम्मेदवारी दिने तयारीमा छन ।
