दार्चुलामा चिट चोर्न नदिएको भन्दै प्राध्यापकमाथि हातपात

दार्चुला – दार्चुलामा चिट चोर्न नदिएको भन्दै एक विद्यार्थीले प्राध्यापकमाथि हातपात गरेका छन दार्चुला बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण धामीले प्राध्यापक डम्मर साउँदमाथि हातपात गरेका हुन । फागुन ३ गते धामीले आफूलाई परीक्षामा चिट चोर्न नदिएको भन्दै हातपात गरेको प्राध्यापक साउँदले बताएका छन ।

maya metro hospital

उनका अनुसार धामीली चिट चोरिरहेको बेला सुरुमा ५ मिनेटका लागि कापी खोसिएको र पछि मोबाईलबाट चिट चोरिरहेको पाइएपछि खोस्न खोज्दा लफडा भएको हो । प्राध्यापक साउदले चिट नचोर्न भनेपछि धामीले हलभित्र हान्न खोजेका थिए तर बाहिर आएर आफूमाथि हातपात गरेको प्राध्यापकको भनाई छ ।

स्ववियु सभापति धामी स्नातक तह सातौं सेमेस्टर (बिएड) मा अध्ययनरत छन् । उक्त घटना जिल्ला प्रहरी कार्यालयमा पुगेपनि मिलापत्र गरिएको जनाइएको छ । मुद्दा लागेपछि आफ्नै विद्यार्थीको भविष्य बिग्रने भएकाले मिलापत्र गरेको प्राध्यापक बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.