आधारभूत अधिकार कार्यान्वयन गराउन समस्या छ : मुख्यमन्त्री

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सोमबार ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा रहको मुल समारोह समितिले धनगढीमा विशेष समारोहको आयोजना गरी दिवस मनाएको हो । उक्त समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशवासीको आधारभूत अधिकार कार्यान्वयन गराउन समस्या र चुनौती रहेको बताएका छन । उनले भौगोलिक भुवनोट, गरिबी, शिक्षा तथा स्वास्थ्यको पहुँच लगायतका कारणले आधारभूत अधिकार कार्यान्वयनमा समस्या र चुनौती रहेको बताएका हुन् ।

Karma Consultancy

‘सुदूरपश्चिम प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी, उद्यमशीलताको कमी, स्वास्थ्य संस्थाको अभाव, पूर्वाधार निर्माणमा कमी लगायतका थुप्रै समस्या रहेका छन’ उनले भने ‘यहाँको भुवनोट र स्रोत साधन अभावका कारण पनि प्रदेशको विकासमा केही जटिलता र कठिनाइ भइरहेका छन् ।’

citizen security services

उनले संघिय सरकारले संविधानपद्दत अधिकारहरू प्रदेश सरकारलाई दिन नसक्नु, ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको बताए । उनले तीन तहको समन्वयात्मक सिद्धान्तलाई प्रदेश सरकार व्यवहारिक रूप दिन तयार रहेको बताए । उनले भने ‘संविधानतः संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सम्बन्धका आधारमा विकसित हुने कुरामा प्रमुख प्राथमिकतामा राखेको छ ।’

attariya hospital

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए । प्रदेशका प्रमुख सचिव हरि लम्सालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न झाँकी, डेउडा लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यसअघि प्रदेश प्रमुख जोशीले झन्डोत्तोलन गर्नुका साथै सहिदका तस्बिर माथि माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.