सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग शेखरको छुट्टै छलफल

काठमाण्डौं –  आजदेखि ललितपुरको गोदावरीमा सुरु हुने कांग्रेसको महासमिति बैठक अघि इतर समूहका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा कुरा भएको छ ।

maya metro hospital

छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा लगायतका कांग्रेस नेताहरू उपस्थित थिए ।

‘महासमति बैठकमा विभिन्न कुराहरू उठेका छन् । विधानका कुरा, गठबन्धनका कुरा, पार्टी संगठनको निस्क्रियता र अनियमितताका बारेमा कुरा भयो । यही गर्नुपर्छ भन्ने होइन । असहमतिका विषयमा सबै सभापतिहरूले कुरा राख्नुपर्छ भन्ने कुरा भयो,’ सभापति चतुरबहादुर चन्दले भने ‘जिल्ला सभापतिसँग समन्वय गरेर निर्णय गर्ने अधिकार हुनुपर्छ अन्यथा पार्टी कमजोर हुन्छ । केन्द्रीय कार्समिति बनाउँदा पनि जिल्लासँ समन्वय गर्नुपर्छ भन्ने कुरा हो ।’

attariya hospital

ललितपुरको गोदावरीमा सुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यस्तै प्रवक्ता प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.