वर्तमान सरकार निकम्मा भयो : ओली

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । आइतबार नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’, उनले भने, ‘हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताए ।

maya metro hospital

‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’ अहिले मुलुक गम्भीर मोडमा रहेको बताउँदै उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’

सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाइ थियो । ‘यो गरिबलाई हेप्ने, न्याय नदिने बलियाका पक्षको सरकार हो, क्विन्टलको क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन । सरकार निरीह छ’, ओलीले भने, ‘तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ, कारबाही गर्न सक्दैन ।’ ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको बताए । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.