समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सत्तारुढ चार दलको समाजवादी मोर्चाको संयोजक बनेका छन् । आइतबार बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो ।

maya metro hospital

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले बताए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने निर्णय गरेको पनि बताए ।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघिका दुवै कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.