गेटाको सरस्वती माविले मनायो ६५औँ वार्षिकोत्सव

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित सरस्वती माध्यमिक विद्यालयले ६५औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि गोदावरीका नगरप्रमुख विरेन्द्र भट्टले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । उनले सामुदायिक विद्यालयको समस्या पहिचान गरी समाधानको लागि पहल गर्ने बताए ।

maya metro hospital

कार्यक्रममा प्रधानाध्यापक महादेव अवस्थीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत रहेका बताए । त्यस्तै, कक्षा १२ सम्म अंग्रेजी तथा नेपाली माध्यममा अध्यापन भइरहेको बताए । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई विद्यालयले छात्रवृति प्रदान गरेको उनले बताए ।

joshi vada pasal 2

विद्यालयका विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप तथा वैज्ञानिक आविष्कार अन्तर्गत ड्रोन, रोबोट, इलेट्रिकल बाइक समेत निर्माण गरेका छन् । पछिल्लो समय विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको छ । २०१६ सालमा स्थापना भएको यस विद्यालयमा ६५ शिक्षक तथा कर्मचारी रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.