कृष्णपुरका मेयरको प्रश्न ‘बार्गेनिङ्गका लागि समाचार लेख्ने पत्रकारलाई महासंघले सोधपुछ गर्नु पर्दैन ?’

अत्तरिया – कञ्चनपुरको कृष्णपुरका मेयर हेमराज ओझाले बार्गेनिङ्गका लागि समाचार लेख्ने पत्रकारलाई पत्रकार महासंघले सोधपुछ गर्नु पर्दैन भनेर प्रश्न गरेका छन । सामाजिक संजाल फेसबुक मार्फत उनले जथाभावी अनावश्यक लेखीरहने पत्रकारलाइ पत्रकार महासंघले केही सोधपुछ गर्नु पर्दैन भनेर प्रश्न गरेका हुन ।

maya metro hospital

उनले पत्रकारलाई तस्कर सङ्ग सेटिङ्गमा रहने अनि प्रहरीलाई दोष लगाउने पत्रकारलाई के गर्ने भनेर प्रश्न उठाएका छन । उनले कुन पत्रकार लक्षित यो कुरा लेखेका हुन भन्ने बारेमा भने खुलाएका छैनन् ।

joshi vada pasal 2

‘बार्गेनिङका लागि नकारात्मक समाचार लेख्ने अनि पैसा बार्गेनिङ गर्ने पत्रकारलाई पत्रकार महासघले कार्वाही गर्ने कि सङ्गठन सदस्यका हिसाबले बचाउ गर्ने’ उनले लेखेका छन ‘अधिकास पत्रकार राम्रा हुदाहुदै केही बदमास, बदनाम र बार्गेनिङ गर्नेलाई पत्रकार महासघले निसेध गर्ने र कार्वाहीका लागि अग्रसर हुनु पर्छ ।’

उनले तथ्यपरक र निस्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई कसैले दुख दिए बसै एकजुट हुनेपर्ने बताएका छन ।

उनले महासंघले अर्काको चरित्र हत्या गर्ने, बार्गेनिङ्ग गर्ने, गलत काम गर्ने पत्रकारलाई संरक्षण गर्न नहुने बताएका छन । उनले लेखेका छन ‘पत्रकारको नाममा अर्काको चरित्र हत्या गर्ने, बार्गेनिङ्ग गर्ने, गलत काम गर्ने पत्रकार हु भनेर मर्यादा भुलेर समाचार लेख्नेलाई सङ्गठन सदस्यका नाममा पत्रकार महासंघले कार्वाही किन नगर्ने ? किन सरक्षण गर्ने ?’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.