अख्यितारले आयोजना गरेको निवन्ध प्रतियोगितामा अत्तरियाको दुर्गालक्ष्मीकी विद्याथी नीतिका प्रथम

अत्तरिया – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले आयोजना गरेको निबन्ध प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविकी विद्यार्थी प्रथम भएकी छिन । आयोगले ३३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको निवन्ध प्रतियोगितामा कक्षा १० मा अध्ययनरत नीतिका अवस्थी प्रथम भएकी हुन ।

maya metro hospital

आयोगले स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन’ विषयमा निवन्ध प्रतियोगिता गरेको थियो ।

joshi vada pasal 2

प्रतियोगितामा कञ्चनपुरको सुडामा रहेको घटाल माविमा कक्षा १० मा अध्ययनरत अन्जु पन्त द्धितिय, दार्चुलाको धापमा रहेको मालिकार्जुन नमूना माविमा अध्ययनरत महेश सिह ठगुन्ना र दार्चुलाकै लटिनाथमा रहेको लटिनाथ माविमा अध्ययनर सुजाता जोशी तृतिय भएका छन ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई आयोगले माघ २८ गते स्थापना दिवसका दिन पुरस्कृत गर्ने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १२ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.