रेशम प्रचण्ड भेटे, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुको कारण प्रचण्डलाई सोधेका थिए ।

maya metro hospital

जवाफमा प्रचण्डले छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’

उनका अनुसार प्रचण्डले गठबन्धनको बैठक बसेर छलफल गरी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिने बताएका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.