खाेज्नुहाेस

दार्चुलाको एक स्कुलमा आगलागी

Image
navjiwan hospital

दार्चुला- दार्चुलामा एक स्कुलमा आगलागी भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित बाल संगठनको कार्यालय तथा एसियन बोर्डिङ स्कुलमा बुधबार आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट ढोका र्‍याकहरु जलेका छन् । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

attariya hospital