खाेज्नुहाेस

दार्चुलाका एक किशोर एक हप्ता देखि सम्पर्क विहिन

Image

दार्चुला – दार्चुलाका एक किशोर एक हप्ता देखि सम्पर्क विहिन छन ।

navjiwan hospital

गतहप्ता दार्चुलाको गोकुलेश्वर बाट धनगढी जान्छु भनी घरबाट निस्किएका शैल्यशिखर नगरपालिका -६ मिलिमिलि बस्ने धन सिंह रावलका छोरा १४ वर्षिय भुवन रावल सम्पर्क बिहिन भएका हुन ।

attariya hospital

दार्चुलाको गोकुले बजारबाट खोड्पे सम्म जिप र खोड्पेबाट अत्तरिया सम्म बसमा आएका रावल त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाइ वीर सिंह रावलले बताए ।

एक हप्ता देखि रावल सम्पर्कमा नहुदा परिवारका सदस्य चिन्तित छ्न ।उनको खोजिको लागि दाइ वीर सिंह रावल सहयोग गर्न आग्रह गरेका छन । कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा ९८०५७७३४९१ र ९८४८९९४०७७ ,९८४८९९४०७७ मा सम्पर्क गर्न दाइ रावलले आग्रह गरेका छन ।