माओवादी केन्द्रले माग्यो कृष्णपुर नगरपालिका सँग ३३ प्रश्नको जवाफ


अत्तरिया – नेकपा माओवादी केन्द्रले कृष्णपुर नगरपालिका सँग ३३ प्रश्नको जवाफ माग गरेको छ । बुधबार माओवादी केन्द्र कृष्णपुर नगर कमिटीले नगरप्रमुख हेम राज ओझालाई ३३ बुँदे सूचना अभिलेख जानकारी माग तथा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगर कमिटी अध्यक्ष जोगराज चौधरी र सचिव जगदीश मल्लद्वारा हस्ताक्षरित पत्रमा आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म चालु अवस्थामा रहेका विभिन्न योजना तथा विषयमा लिखित अभिलेख तथा सूचना ७ दिन भित्र उपलब्ध गराउन माग गरिएको छ ।
पत्रमा उपभोक्ता समिति गठन प्रक्रिया, अनुदान वितरणको बिल भरपाई, स्वास्थ्य सामग्री, औषधी तथा उपकरण खरिद प्रक्रिया, इन्धन खरिद तथा वितरण प्रक्रिया लगायतका सूचना माग गरिएको छ । 

maya metro hospital

यस्ताे छ सूचना अभिलेख जानकारी माग तथा ध्यानाकर्षण पत्र

joshi vada pasal 2

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.