अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सहकारीले स्थानियहरुले दैनिक जिवनयापन सहज बनाएको बताएका छन । अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले सहकारीहरुका कारण आर्थिक अवस्था कमजोर भएका वर्गको पनि जिवनस्तर माथि उठेको बताए ।

उनले बैंकसँग सहज पहुँच नपुग्ने व्यक्तिहरुलाई सहकारी संस्थाहरुले धेरै ठुलो टेवा पु¥याएको बताए । ‘सहकारीले गर्दा यहाँका नागरिकहरुको जिवनस्तरमा धेरै फरक परेको छ र यसले धेरै राम्रो काम गरेको छ’ उनले भने ‘सानो भन्दा सानो ऋण प्रदान गरेर नागरिकहरुको दैनिक जिवनयापलाई सहज तुल्याउने काम सहकारीले गरेको छ ।’

उनले आर्थिक मन्दीका कारण या कसैको गलत नियतको कारणले सहकारीहरु बद्नाम भैरहेको अवस्था रहेको बताए । उनले सहकारीका सञ्चालकका कारणले सदस्यहरुलाई समस्या पर्ने र सहकारीहरु डुब्ने अवस्थामा पुग्ने भएकाले यस्तो विषयमा सचेत रहन समेत आग्रह गरे ।
नगरप्रमुख भट्टले अपि सैपालको टिमले राम्रो काम गर्दै अगाडी बढेको बताउदै गोदावरी नगरक्षेत्रमा सञ्चालित भएकाले आवश्यक परेको खण्डमा नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताए ।