खाेज्नुहाेस

एमाले गोदावरीको टोलि खुटियामा, मापदण्ड विपरीत उत्खनन् रोक्न माग

Image

अत्तरिया – नेकपा एमालेले गोदावरीको टोलिले गोदावरी नगरपालिका – ८ स्थीत खुटिया नदीको अनुगमन गरेको छ । एमाले गोदावरी नगर कमिटीको नेतृत्वको टोलिले खुटिया नदीको नदीजन्य पर्दाथ उठाईएका ठाँउहरु तथा खुटिया पुल र वडा नम्बर ९ स्थीत सेहरीको झोलुंगे पुलको अनुगमन गरेको हो ।

navjiwan hospital

खुटिया नदीबाट मनोमानी ढंगले नदीजन्य पर्दाथ ढुवानी गरी नदीमाथी बनेका संरचना र नदी किनारका बस्तीहरुमा असर परेको निरक्षणकाक्रममा पाईएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एवम् गोदावरी नगर कमिटिका अध्यक्ष गोर्कण भट्टले बताए् । उनले नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पर्दाथ निकासी गरिएकाले रोक्न आग्रह गरे ।

add everest academy
attariya hospital

गोदावरी नगरपालिकाका निर्वतमान नगर प्रमुख हरिसिंह साउँदले स्थानीय भौगोलीक अवस्था र जनतालाई असर नपर्ने गरी उत्खनन् गर्नुपर्नेमा खुटिया नदीमा त्यस्तो नदेखीएको बताए ।

एमालेकी पुर्व जिल्ला कमिटी सदस्य रत्ना कुवर जोशीले मापदण्ड विपरीत नदीजन्य पर्दाथ उत्खनन् गर्दा विकराल समस्या सिर्जना हुने भन्दै स्थानीय सरकार र स्थानीय बासीले समयमै सचेत हुनुपर्ने बताइन् ।