खाेज्नुहाेस

फागुन ६ र ७ मा एमाले कैलालीको नवौँ अधिवेशन, लोगो सार्वजनिक

Image
navjiwan hospital

धनगढी- आगामी फागुन ६ र ७ गते नेकपा एमाले कैलालीले सुख्खडमा नवौँ जिल्ला अधिवेशन गर्दै छ । पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना लगायतले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको लोगो सार्वजनिक गरेका छन् ।

पूर्व सङ्घीयमन्त्री समेत रहेका नेता ठगुन्नाले नवौँ अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताए । ‘पालिका, सङ्घ, प्रदेश कैलाली जिल्ला एमालेको बनाउँ किल्ला’ भन्ने नाराका साथ हुन लागेको अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए ।

add everest academy
attariya hospital