खाेज्नुहाेस

कृष्णपुर – १ मा रहेको कालिका माविको २ कोठे भवनको शिलान्यास

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा रहेको कालिका माध्यमिक विद्यालयको २ कोठे पक्कि भवनको शिलान्यास गरिएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास पश्चात बोल्दै नगरप्रमुख ओझाले नगरपालिकामा शिक्षा र स्वास्थ्य सेवाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले विद्यालयलाई थप साधन सम्पन्न बनाई गुणस्तरिय शिक्षाका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

attariya hospital
navjiwan hospital

वल्र्डभिजन ईन्टरनेशनल नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कंचनपुरको संयुक्त साँझेदारीमा संचालित सेफर परियोजना अन्र्तगत ३६ लाख २५ हजार ८० रुपैयाको लागतमा उक्त भवन निर्माण भैरहेको हो । उक्त भवनको श्वासत कन्स्ट्रक्सन कम्पनी बाँकेले निर्माण गर्नेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै वल्र्डभिजनका कार्यक्रम प्रमुख केशव राज भट्टले सेफर परियोजना अन्तर्गतको विद्यालय भवन सरकारको मापदण्ड अनुसार निर्माण हुने बताए । उनले अपांगमैत्री र भूकम्प प्रतिरोधी हुनुको साथै यस्ले गुण्स्तरिय शिक्षाको प्रवाहमा पनि सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले सबै तह तप्काका बालबालिकाको पहुँच र पढाई बानीको सुधारमा परियोजनाले काम गरिरहेको बताए ।

भवनको सिलान्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष मोहन बहादुर बस्नेत, वल्र्डभिजनका फिल्ड संयोजक सुरज शर्मा, NNSWA का कार्यक्रम संयोजक रामेश्वर जैरु लगायत स्थानिय जनसमुदाय, विद्यालय व्यवस्थापन समिति र सम्वन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।