धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली संघ (एनआरएनए) संग छलफल गरेका छन । मन्त्री शाहीले सुदूरपश्चिममा लगानीका संभावनाका बारेमा एनआरएनएका पदाधिकारी संग छलफल गरेका हुन ।

मंगलबार गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा पुगेका मन्त्री शाहीले संघका अध्यक्ष डा. बद्री केसी लगायत संग छलफल गरेका थिए ।


छलफलमा उनले सुदूरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएकाले लगानी गर्न प्रवासमा बस्ने नेपालीहरुलाई आग्रह गरेका छन । उनले यसअघि गैरआवासीय नेपाली संघले सुदूरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिए । छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।