चिसो बढेपछि विद्यालय बन्द

अत्तरिया – तराइका जिल्लामा अत्याधिक चिसो बढेपछि पालिका स्तरिय निर्णय गरेर विद्यालय बन्द गर्न थालिएका छन । चिसोले विद्यालयमा पठनपाठन गर्न समस्या भएको भन्दै पालिकाहरूले विद्यालय बन्द गर्न थालेका हुन । चिसोका पठनपाठनमा समस्या भएको भन्दै कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन बिदा दिइएको छ । नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुख स्तरीय निर्णयबाट विद्यालयमा बिदा दिइएको उल्लेख छ ।

Karma Consultancy

चिसो बढेपछि कैलालीकै लम्कीचुहाका विद्यालय पनि बन्द गरिएका छन । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै माघ १२ गते सम्मका लागि विद्यालय बन्द गर्न आदेश दिएको हो । नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीद्धारा जारी सूचनामा अत्याधिक चिसो एवम् शीतलहरका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकाले नगर शिक्षा समितिको निर्णय अनुसार बिदा दिइएको उल्लेख छ । उक्त बिदा वार्षिक बिदाबाट समायोजन गरिने जनाइएको छ ।

citizen security services
belauri nagarpalika

चिसो पढेपछि कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकाका विद्यालयमा पनि बिदा थप गरिएको छ । तीन ओटै पालिकाले सूचना मार्फत विद्यालयहरूमा चिसो बिदा थप गरिएको जनाएका हुन् । अत्याधिक चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा बिदा थप गरिएको पालिकाहरुद्वारा जारी सूचनामा उल्लेख छ ।

attariya hospital

कृष्णपुर नगरपालिकाले सोमबार देखि १० गतेसम्म बिदा थप गरेको छ भने शुक्लाफाँटाले ९ र १० गते र बेल्डाँडीले ८ र ९ गते गरी दुई दिन बिदा थप गरेको छ । यी पालिकाका विद्यालयहरुमा यसअघि पनि जाडो बिदा दिइएको थियो । मौसममा सुधार नआई चिसो बढ्दै गएपछि फेरि बिदा थपिएको हो ।

जिल्लाको बेलौरी नगरपालिकाले पनि आइतबार नै सूचना निकालेर विद्यालयहरुमा सोमबारबाट १० गतेसम्म जाडो बिदा दिएको छ । बेलौरीसँगै कृष्णपुर र बेल्डाँडीले पनि हिजो नै सूचना निकालेका थिए । शुक्लाफाँटाले जाडो बिदा थप गर्दै सोमबार सूचना निकालेको हो ।

तराइका जिल्लाहरुमा घाम नलागेपछि चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको महाकाली वेशीन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ । कार्यालयका अनुसार सोमबार अत्तरिया क्षेत्रको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । कार्यालयका प्रमुख मौसम विज्ञान सहायक सिंगम चौधरीका अनुसार आइतबार यस क्षेत्रको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.