राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

maya metro hospital

निर्वाचन आयोगले विज्ञप्ति निकालेर आज रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।

citizen security services

यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

attariya hospital

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.