अत्तरिया – चिसो बढेपछि लम्कीचुहाका विद्यालय बन्द गरिएका छन । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै माघ १२ गते सम्मका लागि विद्यालय बन्द गर्न आदेश दिएको हो ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीद्धारा जारी सूचनामा अत्याधिक चिसो एवम् शितलहरका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकाले नगर शिक्षा समितिको निर्णय अनुसार विदा दिइएको उल्लेख छ ।

उक्त विदा वार्षिक विदाबाट समायोजन गरिने जनाइएको छ ।

