गोदावरी नगरपालिका २२ करोड घाटामा छ : मेयर भट्ट 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले नगरपालिका २२ करोड घाटामा रहेको बताएका छन । आइतबार अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको समापन समारोहमा बोल्दै मेयर भट्टले २२ करोड घाटामा भएको बेला मुद्दा हारेर अदालतले साढे ४ करोड तान्दा काम गर्न धेरै समस्या भएको बताए ।

maya metro hospital

‘थोरै रिसोर्समा धेरै काम गर्नुपर्ने चुनौती छ । आजको दिनमा गोदावरी नगरपालिका २२ करोड रुपैयाँ घाटामा छ । त्यसैमा अहिले साढे ४ करोड रुपैयाँ गोदावरी नगरपालिकाको खाताबाट अदालतको खातामा गएको छ’ उनले भने ‘२०७६ सालमा पुराना मेयरको पालमा भएको मुद्दामा नगरपालिका पराजित भएर साढे ४ करोड अदालतले तानेको छ ।’

citizen security services

उनले तत्कालीन समयमा नगरपालिकाले भएका प्रमाण पनि अदालतमा पेश नगरिँदा मुद्दा हारेको बताए । उनले भने ‘यो मुद्दा नगरपालिकाले हार्नुपर्ने थिएन । किन हा¥यो भन्दा ६ महिना अघि देखि रोयल्टी उठाउन पाएको छैन भनेर ठेकेदारले अदालतमा दावी गरेर मुद्दा जित्दा नगरपालिकामा जेठको २४ गते सम्म नदी जन्य पदार्थ उठाइएको प्रमाण पेश गरिएन । ति प्रमाण अदालतमा किन पेश भएनन् रु म प्रश्न राख्न चाहन्छु ।’

attariya hospital

उनले नगरपालिकाले प्रमाण पेश नगरिदिँदा जिल्ला र पुनरावेदन अदालतबाट मुद्दा हारेको बताए । उनले हाल सर्वोच्च अदालतमा मुद्दा पुग्दा जेठ २४ सम्म ठेकेदारले रोयल्टी उठाएको प्रमाण पेश गर्दा अदालतमा मुद्दा लम्बिएको बताए । उनले उच्च अदालतमा हालेको मुद्दाको पेशी फागुन ४ गतेका लागि तोकिएको बताए ।

२२ करोड घाटामा भएको बेला मुद्दा हारेर पैसा तानिँदा जनताका काम गर्न धेरै समस्या भएको उनले बताए । उनले भने ‘भन्न सजिलो छ । यो भएन त्यो भएन । कसरी हुने रु आम्दानीको श्रोत के छ रु’

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.